अस्ट्रेलियामा शनिबार निर्वाचन हुँदै, चुनावमा महँगी र अमेरिकी कर नीति प्रभाव चर्चामा
सिड्नी/जीवनयापनको खर्च, जलवायुको चिन्ता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धि एजेन्डा बनेको आमनिर्वाचनमा शनिबार लाखौं अस्ट्रेलियाली नागरिकले मतदान गर्नेछन् ।
मतदाताहरूले वामपन्थी झुकाव भएका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीज र परम्परावादी प्रतिद्वन्द्वी पिटर डटनमध्ये एकलाई रोजिरहेका छन् ।
अल्बानीजको सत्तारुढ लेबर पार्टीले दोस्रो कार्यकालका लागि चुनाव जित्ने जनमत सर्वेक्षणहरूले देखाएका छन् ।
मतदानको पूर्वसन्ध्यामा प्रधानमन्त्री अल्बानीजले च्यानल सेभेनसँग भन्नुभयो, “पवित्र मतदान मतदाताले दिने एक प्रकारको अभिमत हो जसमा जीत दलहरूको आजको लक्ष्य हो ।”
प्रधानमन्त्री अल्वानीजले भन्नुभयो, “यदि म अस्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएँ भने आगामी तीन वर्षमा मैले अष्ट्रेलियाका लागि गर्न सकिने विकासको नेतृत्व लिनेछु । सबै क्षत्रका समस्यालाई सम्बोधन गर्ने प्रयास गरिनेछ ।”
सर्वेक्षणमा केही प्रतिशत अङ्कले पछि परे पनि डटनले ‘शान्त अस्ट्रेलियालीहरू’ले अझै पनि आश्चर्यचकित पार्न सक्ने बताउनुभएको छ ।
उहाँले च्यानल नाइनसँग भन्नुभयो, “मलाई लाग्छ कि उनीहरू मतदान केन्द्रमा गएर भन्नेछन्ः ‘तपाईंलाई के थाहा छरु म एन्थोनी अल्बानीजलाई विगत तीन वर्षका कामका लागि मन पराएको छैन ।”
आफू पराजित भए विपक्षी नेता नै रहने कि नरहने भन्ने प्रश्नमा डट्टनले आफू जितको कुरा मात्र गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म ५४ वर्षको भएँ । म अझै पनि धेरै जवान छु र म यो देशको विकासका लागि एक ज्वलन्त उदाहरण बन्नेछु ।”
पहिलो मतदान अस्ट्रेलियाको पूर्वी तटमा स्थानीय समयअनुसार बिहान ८ ः०० बजे सुरु भएको थियो भने त्यसपछि देशका पश्चिमी शहर र दूरदराजका टापु क्षेत्रमा मतदान भएको थियो ।
निर्वाचनका लागि एक करोड ८१ लाख मतदाताले नाम दर्ता गराएका छन् । तीमध्ये एक तिहाइभन्दा बढीले प्रारम्भिक मतदान गरेको निर्वाचन अधिकारीले बताएका छन् ।
२० अष्ट्रेलियन डलर ९१३ अमेरिकी डलर० जरिवाना लागू गरिएको मतदान गर्नु अस्ट्रेलियालीहरूका लागि अनिवार्य छ र यसले गर्दा शीर्ष ९० प्रतिशतभन्दा बढी मतदान हुने विश्वास गरिएको छ ।
मतदान निकै प्रतिस्पर्धात्मक नभए शनिबार रातिसम्ममा नतिजा आउन सक्छ ।
६२ वर्षीय अल्बानीजले नवीकरणीय ऊर्जालाई अङ्गीकार गर्ने, बिग्रँदो आवास सङ्कटको सामना गर्ने र खस्कँदो स्वास्थ्य सेवा प्रणालीमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
लिबरल पार्टीका नेता तथा पूर्व प्रहरी अधिकारी डट्टन आप्रवासनमा कटौती गर्न, अपराधनियन्त्रण गर्न र आणविक शक्तिमाथि लामो समयदेखि लगाइएको प्रतिबन्ध हटाउन चाहनुहुन्छ ।
केही सर्वेक्षणहरूले डट्टन ट्रम्पको पक्षमा खुलेर देखिनुभएको छ उहाँले यस वर्ष विश्वव्यापी मञ्चमा विशेष ‘गुरुत्वाकर्षण’साथ उदाएका ‘ठूलो विचारक’ को रूपमा प्रशंसा गर्नुभएको छ ।
५९ वर्षीय मतदाता एलन ह्विटम्यानले शनिबार मतदान गर्नुअघि भन्नुभयो, “मेरो मतलब, डोनाल्ड ट्रम्प चोट लागेको सर्पजत्तिकै आक्रामक देखिनुभएको छ र हामी सबैलाई यो थाहा छ र हामीले यसको वरिपरि सुटुक्क छिप्नुपर्छ ।” रासस