आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा
केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।
काठमाडौं( नेपाल राष्ट्र बैंकले आज, वैशाख १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७६ पैसा रहेको छ।
स्वीस फ्र्याङ्कको खरिददर १६३ रुपैयाँ २१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।
सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ १५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ६१ पैसा छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा तथा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा रहेको छ।
त्यस्तै, साउदी रियालको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ।
थाई भाटको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिरामको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा रहेको छ।
मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा रहेको छ।
स्वीडिस क्रोनरको खरिददर १३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३ रुपैयाँ ९६ पैसा, डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ४९ पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।
हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनारको खरिददर ४३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ७२ पैसा, बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३९ पैसा तथा ओमनी रियालको खरिददर ३५० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९४ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। यद्यपि, वाणिज्य बैंकहरूबाट निर्धारण गरिने दर खुला बजारमा फरक हुनसक्ने र सबै अद्यावधिक जानकारी नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने पनि स्पष्ट पारिएको छ। रासस