चितवनमा फेरी जुवा खाल मौंलाउदै, प्रहरीको नाममा जुवाडेको भिस्टो खाने को हो ?
चितवन/जिल्लामा फेरी जुवा खाल मौंलाउदै गएको देखिन्छ । बिगत केही समय सेलाएको ठुला जुवाखाल अहिले फेरी निर्वाद रुपमा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा आईरहेका छन् ।
भण्डाफोर अभियानलाई बिशेष श्रोतले दिएको सुचना अनुसार जिल्लाका विभिन्न स्थानमा निर्वाद जुवाखाल संचालनमा आईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो गरी तमासे बनिरहेको छ ।
चितवनमा फेरी जुवा खाल मौंलाउदाँ, प्रहरीको नाममा जुवाडेको भिस्टो खाने को को हो ? भन्ने आम चर्चा ब्यापक भईरहेको छ । यस बिषयमा जिल्लामा हालसालै सरुवा भई आएका एसपी डिएसपीहरु भने अनबिज्ञ रहेको बुझिएको छ ।
चितवनको नारायणगढ बजार क्षेत्र, भतरपुर, जुगेडी, मुग्लीन, टाँडी, पर्सा, भण्डारा, गितानगर, चनौली लगायतका क्षेत्रमा अहिले पनि दैनिक लाखौलाखको कौेंडा, तास जस्ता जुवाखाल संचालन भईरहेपनि चितवन प्रहरी मुकदर्शक रहनुले कतै प्रहरी संरक्षणमा त यी जुवाखालहरु मौलाईरहेका छैनन् भन्ने गम्भिर आंशका पैदा भएको छ ।
यस अघि तत्कालिन एसपी दिपक थापा एसपी चितवनको प्रहरी प्रमुख हुँदा जिल्लाको भरतपुर हाईटस्थित थकाली भान्छाघरबाट प्रहरीले लाखौँ हप्ता असुली गर्दै अबैध जुवाखाल संचालनमा छुट दिएको थियो ।
जसबारे भण्डाफोर अभियान साप्ताहिकले निरन्तर समाचार उजगार गरी प्रहरी प्रशासनमा दबाब सिर्जना गरेसँगै जिल्लाको प्रहरी उक्त स्थानमा छापा मा्र्न बाध्य भएको थियो । त्यस्तै श्रेत्रपुरको एक नामुद जुवाडे जिल्ला छाडी भाग्न बाध्य भएका थिए ।
अहिले चितवनको भरतपुर र नारायणगढ बजार श्रेत्रमा मात्र होईन् पुर्वी चितवनका विभिन्न होटल, कटेज तथा रेष्टुरेण्ट र अन्य केही स्थानमा समेत जुवाखाल र वेश्यावृती मौलाउदै गएपनि प्रहरी मुकदर्शक बसिरहेका छन् ।
त्यस्तै पश्चिम चितवनको गितानगर, शिबनगर, पटिहानी, पार्बतीपुर, जगतपुर, चनौंली, मेघौंली शारदानगर टाउन, मंगलपुर गढीलगाएत दर्जनौंस्थानमा स्थानिय प्रहरीको नाममा सेटिंग मिलाई जुवाखाल भईरहेको गोप्य श्रोतको दाबी छ ।
जुवाखालसँगै प्रहरीको मौंनतामा जिल्लामा बेश्यावृती पनि मौंलाउदै गईरहेको पाईएको छ । जिल्लामा जुवातास र वेश्यावृति मौलाउदै गएपनि सो नियन्त्रणमा प्रहरीले खासै चासो दिएका छैनन् ।
भण्डाफोर अभियानलाई प्राप्त एक गोप्य श्रोतका अनुसार जिल्लामा एक ठूलो र करिब एक दर्जन मध्यम साथै अरु नियमित साना गरी दुईदर्जन बढी जुवाखाल संचालनमा आईरहेका छन् । ति सबै जुवाखाल प्रहरी सेटिङ्गमै चलिरहेको समेत श्रोतको दाबी छ ।
श्रोतका अनुसार नारायणगढ बजार क्षेत्रमै करिब आधा दर्जन जुवाखाल दैनिक संचालनमा आईरहेका छन् । नारायणगढकै मिलनरोडमा १, पोखराबसपार्क आसपासमा १ श्रेत्रपुरमा २ वटा त्यस्तै न्युरोडमा १, गणेस्थानको बसेनी, गोन्द्राङ्ग, बसपार्क लगायतका स्थानका केही घर र चितवनका केही होटलहरुमा समेत प्रहरी संरक्षणमै जुवाखाल चलिरहेको खुलासा भएको छ ।
यसरी जिल्लाका विभिन्न क्षेत्रमा जुवाखाल मौलाउदै गएपनि चितवन प्रहरी बेखबर बन्नुलाई शंकास्पद रुपमा हेर्न सकिन्छ । नारायणगढ र आसपासका होटलहरुबाट समेत प्रहरीले हप्ता असुली गरिरहेको श्रोतको दाबी छ ।
त्यस्तै पोके ब्यापारीहरुबाट समेत असुली भैरहेको बुझ्नमा आएको छ । बिरगंज, ठोरी नाका र ठुटिवाडीबाट नारायणगढका ब्यापारीहरुले प्रहरी संरक्षणमै बस, कार तथा बलेरोमा तस्करी गरी सामानहरु ल्याउने गरेको थाहा पाएरपनि प्रहरी मुकर्दशक बनि बसिरहेको छ ।
अत्ः जुवाखाल, मानव बेचबिखन जस्ता सामाजिक विकृतिलाई बढुवा दिने, त्यस्तै तस्करी मौंलाउन दिने प्रहरीशैली कदाचित सही हुन सक्दैन । जुवा खाल मात्र होइन चितवनमा अहिले वेश्यावृती पनि बपक मात्रमा मौलाउदै गएको छ ।
त्यस्तै प्रहरी प्रशासनको हप्ता असुलीले गर्दा चितवनमा अबैध मदिरा भट्टीहरु समेत दिन प्रति मौलाउदै गईरहेका छन् । जसले गर्दा एकातिर सामाजिक विकृती विसंगति बढ्दै गईरहेको छ भने अर्को तर्फ राज्यलाई आउने लाखौ राजस्व समेत गुमिरहेको छ ।
यसैबिच यस बिषयमा चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन लिम्बुसँग कुरा गर्दा उनले जुवाखाल लगाएत सबै प्रकारका गैंरकानुनी कार्य नियन्त्रमा ल्याउन प्रहरी लागीरहेको भन्दै छिट्टै जुवाडेहरु पक्राउ पर्ने र गैंरकानुनी कायहरु प्रभावकारी रुपमा नियन्त्रण गरिने बताए ।