बुद्ध जयन्ती:लुम्बिनीमा प्रधानमन्त्री र स्थानीय बौद्धमार्गीहरूबिच अन्तर्क्रिया

लुम्बिनी/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डले आज बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन् ।

उनले योग र ध्यानका लागि लुम्बिनी आएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गरेका थिए ।