नेकपा एमाले चितवनको जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने

चितवन/नेकपा ९एमाले० चितवनको ११ औं जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने भएको छ । आज पार्टी कार्यालयमा बसेको मञ्च व्यवस्थापन उपसमितिको निर्णयले अधिवेशनको हल बाहिर फोटो खिच्नका लागि सेल्फी प्वाइन्ट राख्ने निर्णय गरेको एमाले चितवनका उपसचिव एवम् प्रचारप्रसार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए । मञ्च व्यवस्थापन उपसमितिका संयोजक भक्ति प्रसाद गौतमको संयोजकत्वमा बसेको उक्त बैठकले पार्टी अधिवेशन गर्न उपर्युक्त स्थानको खोजी गरी छिट्टै स्थान तय गर्ने समेत निर्णय गरेको छ । जेठको १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुन लागेको हो । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।

अध्यक्ष न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्ति प्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ । यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ । एमालेले प्रत्येक ३÷३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ ।