लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको खैरहनी नगर कमिटी गठन

चितवन/चितवनको खैरहनी नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन भएको छ ।

आज सम्पन्न खैरहनी नगरपालिका स्तरीय भेलाले तारा बहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कपिलदेल पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य मुकुन्द दाहाल, जग्गनाथ आचार्य, नेकपा एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमलराज पाठक, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका केन्द्र तथा प्रदेश कमिटीका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।