चितवन र नवलपुरमा अबैध ढुंगा गिट्टी उत्खनन् बढदैं

सरोकारवाला निकाय किन तै चुप मैं चुपको अवस्थामा।

फाईल फोटो

चितवन/जिल्लाको भरतपुर महानगरले आम्दानीको श्रोतको रुपमा रहेका त्रिशुली, नारायणी लगाएतका नदि तथा खोलाहरुमा करोडौं राजस्व लिने गरी ठेक्का लगाएको भएपनि जिल्लाका अन्य पालिकाहरुले ठेक्का लगाउन ढिला गर्दा केही महिनायता अबैध, गैरकानुनी र मनलाग्दी उत्खनन् बढीरहेको पाईएको छ । यसरी अनियमित र मनलाग्दी तबरबाट प्राकृतिक श्रोतको दोहन भईरहेपनि सम्बन्धित सरोकारवाला निकायहरु भने मुकदर्शक भई बसिरहेका छन् । सरोकारवाला निकायहरुले अनुगमन र नियमनलाई प्रभावकारी बनाउन नसक्दा करोडौं मुल्य बराबरको नदिजन्य पदार्थको अबैध उत्खनन् र तस्करी बढेको हो ।

उसो त् चितवन मात्र होईन् नवलपुरका खोलाहरुमा समेत मनलाग्दी उत्तखनन् भईरहेको समाचार श्रोतहरुको दाबी छ ।
नवलपुरका स्थानिय पालिकाहरुले बातबरणीय परिक्षण प्रतिवेदन तयार नगरी नदी तथा खोलामा स्काभेटर जस्ता ठुला मेशिनहरु प्रयोग गरेर उत्खनन् गर्न प्रतिवन्ध लगाइएको भएपनि अबैंध साँठगाठ गरी ठेकेदाररुले दर्जनौं स्काभेटर नदि तथा खोला भित्रै राखेर ढुंगागिटी निकाली रहेका छन् । ठेक्का लागेका खोलाहरुमा समेत मापदण्ड विपरित भनेको भन्दा दशौगुणा बढी उत्खनन् भईरहेको पाईएको छ ।

तर, नियमक निकायले प्राकृतिक स्रोतसाधनको यस्ता अवैध उत्खनन् कार्यलाई रोक्न नसकेको गुनासो ।
यसरी अबैध र मनलाग्दी उत्खनन् भईरहेको भएपनि त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले त्यति तत्परता देखाएको देखिदैन् । चितवन जिल्लाका पुर्बि क्षेत्रका खोलाहरु खगेरी, कयर,पम्फा,लोथर र राप्तीको साथै नारायणी नदिको तल्लो तटिय क्षेत्र साथै नवलपुरको दुम्कीबास,अरुणखोला, तमसपुर, झहरेखोलाबाटबाट समेत दिनदहाडै अबैध उत्खनन् भईरहेको भएपनि प्रहरी प्रशासन तमासे बस्नुले कतैं यि सबै अबैध उत्खनन् र तस्करी मिलेमतोमै सञ्चालित त् भएका होईनन् भन्ने गम्भिर आशंका पैदा भएको छ ।

त्यस्तैं, अबैध उत्खनन् र ओसार पोसारमा नक्कली रसिदको समेत प्रयोग हुने गरेको पाईएको छ । बिगतमा पनि चितवनमा जिल्ला समन्वय समितिको नक्कली रसिद काटेर ढुंगा गिट्टी बेचिएको घटना सार्बजनिक भएको थियो । अबैध र अनियमित तबरबाट उत्खनन् तर्फ नियामक निकायको ध्यान नपुगेको देखिन्छ ।

यसर्थ नदी तथा खोलाहरुबाट मापदण्ड विपरीत अवैध रुपमा ढुंगा, गिट्टी,वालुवा उत्खनन् तथा निकासी गर्दै प्राकृतिक स्रोतको मनलाग्दी रुपमा दोहन गर्नेहरुलाई प्रहरी प्रशासन र स्थानिय निकायले तत्काल र्यापिट अनुगमन टिम बनाई परिचालन गर्नुपर्दछ । आजको भण्डाफोर अभियानबाट