माडीमा वडास्तरीय सार्वजनिक सुनुवाइ!

चितवन/माडी/वडाबासीहरुले वडाध्यक्ष पुरन महतो सहित वडाका जनप्रतिनिधिहरु समक्ष खुला रुपमा आफ्ना प्रश्न, जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका छन् ।
स्वदेश एफ।एम।को सहजिकरणमा बसन्तपुर बजारमा सम्पन्न माडी ३ वडा कार्यालयको चालू आ।व। २०८०र८१ को सार्वजनिक सुनुवाईमा सहभागी रहँदै वडाका राजनैतिक दल, टोल विकास संस्था, युवा, महिला, उपभोक्ता समिति, सहकारी, संघसंस्था एवं वडाबासीहरुले वडा कार्यालयसामु आफ्ना प्रश्न र सुझावहरु राखेका हुन् ।
वडाबासीहरुले वडामा बन्यजन्तु एवं बाढीको समस्या रहेको, बसन्तपुर बजारस्थित शौचालय अव्यवस्थित रहेको, रतनी गाउँ जोड्ने पुल निर्माण सुरु हुन नसकेको, सिमरा जाने झोलुंगे पुल निर्माण अधरै रहेको, नाला व्यवस्थित हुन नसकेको, कतिपय भित्री सडक कालोपत्रे वा मर्मत नभएको, सहमतीका आधारमा खुलेका बाटोमा ग्राभेल हाल्न असहज रहेको लगायतका गुनासो गरेका थिए ।
त्यस्तै, वडाले बिपन्न स्वास्थ्य वीमाका लागि आवश्यकताभन्दा बढी बजेट छुट्याएको, साना किसान कृषि सहकारीको भवन निर्माणका लागि ४ लाख बजेट राखेको, खेलकूदका लागि बजेट न्युन रहेको, मगोइ पुल निर्माण सक्न आवश्यक पहल नपुगेको, टोल विकास संस्थाहरु गठन भएपनि सञ्चालन खर्च न्यून मात्रै पठाएको भन्दै प्रश्न गरेका थिए ।
सहभागीहरुको प्रश्नको वडाध्यक्ष पुरन महतोले उत्तरित गर्नुभएको थियो । सहभागीहरुलाई वडा सदस्य सुकदेव लामिछानेले स्वागत र वडा सचिव पवित्रा सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।