सहकारी ठगी प्रकरणमा लामिछानेको चौतर्फी विरोध

;f+;b nfld5fg]
sf7df8f}F, @% j}zfvM
;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] a}7sdf cfufdL ah]6sf] k|fyldstf;DaGwL 5nkmndf wf/0ff /fVb} ;f+;b /lj nfld5fg] . tl:a/M gjLg kf}8]n÷/f;;

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणको चौतर्फी विरोध हुन थालेको छ । सञ्चारकर्मी हुँदा सञ्चार माध्यममार्फत् स्वच्छता र पारदर्शिताको पाठ पढाउने लामिछानेले सोही समयमै सर्वसाधारण जनताले सहकारीमा जम्मा गरेको निक्षेप रकम अपचलन गरी ठगी गरेको पुष्टि भएपछि विभिन्न संघ संस्था र व्यक्तिले उनको छवि पारदर्शिता र नियममाथि शंका मात्र गरेका छैनन् लामिछानेलाई ठगको उपमा दिन थालेका छन् ।

लामिछानेले सञ्चार क्षेत्रमा कार्यरत रहँदा विभिन्न संघ संस्था र व्यक्तिसँग दलाली गरेर रकम असुल्ने गरेको आरोप त्यतिबेला पनि लाग्ने गरेको थियो।पारिवारिक किचलो र आफ्नो श्रीमतीलाई पीडित बनाएको आरोप लागेका लामिछानेले अन्य व्यक्तिलाई स्वच्छताको पाठ पढाउन लाज मान्नु पर्ने हो । विवादित छविका रविले ठूला राजनीतिक दलहरुलाई पाखा लगाएर नेपाली राजनीतिमा स्थापित हुने महत्वकांक्षाका साथ गठन गरेको राष्ट्रिय स्वतन्त्रता पार्टीमा उनी एक्लिदै गएका छन् । गएको आवाधिक निर्वाचनमा चौथो ठूलो दल बनेको रास्वपा सरकारमा जाने भएपछि आन्तरिक कलह र पदको लुछाचुडी चरमोत्कर्षमा पुगेको थियो ।

लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेपछि उनको पार्टीबाट मन्त्री बन्नका लागि अधिकांश सांसदहरुले आकांक्षा राखेका थिए तर आफू निकट र आफ्ना गोप्य काला कर्तुतहरुसँग जानकारहरुलाई साथ लिएर आफ्ना गोप्य कर्तुत खुलासा नगरिदिने सर्तमा मन्त्री पदमा पुर्याएका थिए । मन्त्री पद नपाउने सांसदहरुमध्ये ढाकाकुमार श्रेष्ठ जस्ता उदण्ढ र रवि जस्तै ठगी छवि भएका व्ययक्तिहरुले उनका कर्तुत उजागर गर्न थालेपछि रवि अहिले ठग, माफिया र निकम्मा सावित हुँदै गएका छन् ।

उनका ठगीका विषयमा दैनिक सञ्चार माध्यमदेखि रेडियो टिभीका साथै सामाजिक सञ्जालहरुमा छताछुल्ल हुँदा समेत आफ्नो सामाजिक जीवन र मर्यादाको ख्याल नगरी ठगी गरेको जनताको रकम फिर्ता गर्ने प्रतिबद्धता समेत नगरेर आफू ठग रहेको सावित गर्ने प्रयत्न गर्दै छन् । ठगी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री, बहालवाला सांसद एवम् पार्टी अध्यक्ष समेत रहेका लामिछानेले मर्यादाका आधारमा सार्वजनिक पद साधारण गरिरहनु राष्ट्र कै बेइज्जती हो ।

रास्वपा सभापति लामिछानेको ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सहकारी घोटालाबारे जाँच गर्न र दोषीहरुलाई कडा कारबाही गर्न सहकारी विभाग समक्ष माग गरेको छ । नेविसंघले सहकारी विभागमा उजुरी दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कारबाहीको माग गरेको हो । नेविसंघले सहकारी विभाग अगाडि उजुरी दर्ता गरे सँगै विभिन्न नाराहरु सहित प्रदर्शन समेत गरेको थियो ।

नेविसंघले सहकारी घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको गोलमेच साप्ताहिकमा उल्लेख छ । नेपाली जनताको सहकारी संस्थाहरुमा रहेको विश्वासलाई कमजोर पारेर नेविसंघले जनाएको छ । सहकारी विभागलाई सहकारी घोटालाको तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरुमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।