नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु

कपिलबस्तु/नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको विशेष बैठक सुरु भएको छ ।

नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुको शिबगढीमा आज दिउसो २ बजेपछि नवौं केन्द्रीय समितिको विशेष बैठक सुरु भएको हो ।

बैठकमा नेकपाका महासचिव विप्लव सीले “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका छन ।

महासचिव विप्लवको प्रस्तावमाथि केन्द्रीय समितिका सदस्यहरुले धारणा राख्नेक्रम सुरु भएको छ ।

यसअघि नेकपाको स्थायी समिति बैठक आईतवार बसेको थियो । आईतवार साझँ देखि सोमबार मध्याहन्न सम्म पोलिट व्यूरोको बैठक बसेको थियो ।

नेकपाले पोलिट व्यूरोको बैठक पछि सारेर केन्द्रीय समितिको बैठक सुरु गरेको छ । बैठकमा देशभरका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ ।