एकीकृत समाजवादीले भरतपुर र भण्डारामा कोणसभा गर्ने

चितवन/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)ले देशव्यापी ‘समाजवादी जागरण अभियान’ चलाएको छ । मुलुक रुपान्तरणका लागि पार्टीको दृष्टिकोणलाई जनसमक्ष पु¥याउनका निम्ति अभियान चलाइएको पार्टीको जिल्ला कमिटी चितवनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

असोज १४ गतेदेखि सुरू गरेको अभियान शुक्रबार चितवन आइपुग्ने छ । अभियान अन्तर्गत शुक्रबार चितवनका दुई स्थानमा कोणसभा हुने बताईएको छ। दिउँसो २ बजे राप्ती नगरपालिकाको भण्डारा चोकमा र ४ बजे भरतपुरको चौबीसकोठीमा कोणसभा हुने पत्रकार सम्मेलनमा जानकार िदिईएको थियो।

कार्यक्रममा सहभागी हुनका लागि पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका शीर्ष नेताहरु चितवन आउने छन् ।