निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घट्यो

काठमाडौ/चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०-८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश व्रmमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश व्रmमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत रहेको छ ।
२०७९ साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७.४ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई अर्ब ३१ करोड (०.०५ प्रतिशत) ले घटेको थियो । यो खबर आजको गोरखापत्रमा छ