दोश्रो इच्छाकामना महोत्सव आजदेखि सुरु !

कुरिनटार/दोश्रो इच्छाकामना महोत्सव २०८० आजदेखि सुरु हुदैँ छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । महोत्सवको वागमती प्रदेश सभास सदस्य कृष्ण सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।
चितवनको इच्छाकामना ४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो ।आर्थिक गतिविधिको चलायमान गर्न तथा स्थानिय उत्पादन र पर्यटन प्रवर्धनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव हुने भएको हो । महोत्सव समापन भने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
महोत्सवमा २०० स्टल रहने र स्थानिय उत्पादनका १५वटा स्टलहरुलाई निशुल्क व्यवस्था गरिएको इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक कल्याण गुभाजुले बताउनुभयो।इच्छाकामनाको आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटन प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाईछ । महोत्सवले यहाँ रहेको पर्यटकीय स्थलहरुको प्रवद्र्धन, स्थानिय उत्पादनको प्रवद्र्धन र कला साहित्य संस्कृतिको संरक्षण तथा उजागर गर्न सहयोग मिल्ने बताउनुभयो । महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवको प्रवद्र्धक एंव संरक्षक इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ चितवन रहेको छ ।
महोत्सवको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन र इच्छकामना एफएम कुरिनटार रहेको छ ।

इच्छाकामना महोत्सवका आकर्षणहरु
धार्मिक तथा पर्यटकीय स्थलहरु इच्छाकामना मन्दिर,जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर,मनकामना मन्दिर, सिराइचुली, उपर्दाङ्गगढी,लामो झरनाको अवालेकनका लागि विशेष प्याकेजमा यात्रा, आदीवासी जनताजाती तथा सीमान्तकृत समुदायको भेषभुषा रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी, औद्योगी प्रदर्शनी, घरेलु एंव कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानियकलाकाहरुबाट दैनिक मनोरञ्जनात्मक कार्यक्रमहरु र साथमा तीज गीत प्रतियोगिता र विविध बाल मनोरञ्जनका खेलहरु तथा त्रिशुली नदीमा ¥याप्टीङ्गको व्यवस्था रहेको छ ।
यस अघि वि।स।२०७५ मा उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएमको संयुक्त आयोजनामा पहिलो इच्छाकामना महोत्सव सम्पन्न भएको थियो ।