Breaking News

आत्मनिर्भर अर्थतन्त्रमा जोड देऊ !

देशको अर्थतन्त्र बलियो भएमा मात्र देश समृद्ध हुन्छ । देश समृद्ध भएमा मात्र जनता सुखि हुन्छन् । देशको अर्थतन्त्र बलियो बनाउन आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुपर्दछ । आत्मनिर्भर अर्थतन्त्रको बिकासको लागी देशभर उत्पादनमुलक उधोग, कलकारखना, कर्म र ब्यबसायहरु फष्टाउनुपर्दछ ।
जब उत्पादनले देशमा बढ्वा पाउछ, तब मात्र हामीलाई चाहिने सम्पूर्ण सरसमानहरु क्रमशः एकएक गरी आफ्नै देशमा उपलब्ध हुने अवस्था आउँछ । मुलुकले आफ्ना जनताको लागी चाहिने सरसमानहरु आफ्ना जनताबाटै उत्पादन गर्ने अवस्था आउनु भनेको हामीले आयात गर्ने बस्तुहरु घट्नु हो । जब आयात गर्ने बस्तुहरु घट्न थाल्दछ । तब देशको अर्थतन्त्रमा सकारात्मक योगदान बढ्छ ।
यसरी देशको अर्थतन्त्रमा सकारात्मक योगदान बढ्नु भनेको मुलुक आत्मनिर्भर बन्दै जानु हो । यतिले मात्र भने देश आत्मर्निभर बन्न सक्दैन् । देश आत्मर्निभर बन्न आयात घटाउनुका साथै निर्यात बढाउनुपर्ने हुन्छ । आत्मनिर्भर अर्थतन्त्रका लागि आयात कम र निर्यात बढी गर्न सक्नुपर्दछ ।
हाम्रो देश भुपरिबेष्ठीत, अल्पबिकसित छ हामीले चाहेर पनि हामीलाई चाहिने सम्पूर्ण बस्तुहरु उत्पादन गर्न सक्दैनौं तर सम्पूर्ण दैनिक उपभोग्य र अधिंकास अन्य बस्तुहरु उत्पादन गर्न सक्छौं । मुख्यतः दैनिक उपभोग्य साथै कृषि एंव जडिबुटिमा आधारित नगदेबाली उत्पादन, त्यस्मा आधारित उधोगहरुको सञ्चालन र हामी आफुलाई बढी भएका बस्तुहरुको पैंठारी अर्थात निर्यात गर्न भने पक्कै सक्षम हुनेछौं ।
तर आज हाम्रो देशको अवस्था एकदमै नाजुक छ । हामी हाम्रो भान्छालाई चाहिने चामल, पिठो, दाल, तेल, जिरा–मसला, लसुन, प्याज, खुर्सार्नी, बेसार लगाएतका बस्तु आयातमा मात्र बार्षिक अर्बौं अर्ब रकम स्वाहा पारिरहेका छौं । आफ्नैं बारी कान्ला, कौंसी र करेसाबारीमै उत्पादन गर्न सकिने बस्तुहरुपनि आफु अल्छी गरी उत्पादन नगर्ने अनि महङ्गो भयो भन्दै खान चाही नछाड्ने नियतीबाट गुज्रिरहेका छौं ।
आज हाम्रा घरबारीहरु बाँझै पल्टिएका छन् । हामी बढी गफाडी बन्दै गएका छौं । हुन त् प्रत्येक जसो घरबाट बिदेश गएकै छन् । पाखुरीमा बल भईञ्जेल त् डलर पनि आएकै छ, त्यसो भएपछि हामी किन काम गर्ने ? होईन त्यस्तो सोचियो भने गलत हुन्छ, बिदेशबाट आउने डलर(रेमिट्यान्स)मा मात्र भर परियो भने भबिश्यमा हाम्रो मुलुकमा अनिकाल र ठुलो भोकमारीबाट गुज्रीनुपर्ने हुन्छ ।
तसर्थ हामीले आफुले गर्नसक्ने कामलाई सधैं जोड दिनुपर्दछ । कृषि, जडिबुटि, निर्माण र पर्यटन उधोग एवं उत्पादनमा जोड दिनुपर्दछ । देशमा उत्पादन हुने खाधान्न बालीहरु देखि अन्य बस्तुहरु उत्पादनमा जोडदिने खालका योजनाहरु निर्माण गरी कार्यान्वयन गर्नसक्नु पर्दछ ।
मुलुकबाट निर्यात गर्न सक्ने सम्भावना भएका सयौं वस्तुहरुको योजनाबद्ध उत्पादनमा जोड दिनुपर्दछ । जसको उत्पादनले कयौं आयातहरु रोकिनुका साथै देशबाट निर्यात बढ्न जान्छ, तब मात्रै मुलुकका किसान, उद्यमी, ब्यापारी र राज्यकै निम्ती फाईदैफाईदा हुन्छ । जस्तो धान, चामल, गहुँ, मकैं, फापर, कोदो, जौं, भटमास, मसुरो, मास, चना, केराउ, सिमी, तरकारी बालीहरु, अल्लो, अलैंची, अदुवा, जडीबुटी, अगरबत्ती, फेल्ट, हातेकागज, यार्न तथा टेक्स्टाइल, धनियाँ तथा बेसार र गुन्द्री–डोकोजस्ता हस्तकलाका वस्तु निर्यातबाट मात्र नेपालले बार्षिक खर्बौं रकम कमाउन सक्छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्स्पोटर्स एसोसिएनको अध्ययनलाई आधार मान्ने हो भने नेपालले तत्कालै १ खर्ब ९६ अर्ब रुपैयाँको निर्यात बढाउन सक्ने सम्भावना अल्लो, अलैंची, अदुवा, जडीबुटी, अगरबत्ती, फेल्ट, हातेकागज, यार्न तथा टेक्स्टाइल, धनियाँ तथा बेसार र गुन्द्री–डोकोजस्ता वानस्पातिक रेसाबाट हस्तकलाका वस्तु निर्यातबाट नेपालले बार्षिक खर्बौं रकम कमाउन सक्छ ।

यसरी देशमा एउटा जागरण पैदा गराई देशभित्रै उत्पादन हुने बस्तुहरुको उत्पादनलाई बढ्वा दिन सकेमा मात्र पनि आफुलाई आवश्यक बस्तुहरु स्वंयम हामीले आर्जन गर्दै मुलुकले ब्योर्हदैं आएको खर्बाैं ब्यापार घाटा कम गर्नुका साथै थप आम्दानी गर्न सकिन्थ्यो । अतः आत्मनिर्भर अर्थतन्त्रमा जोड देऊ ।  सम्पादकीय

sahid diwas