रोट्रयाक्ट क्लब भरतपुर हाईटको अध्यक्षमा सुरज भण्डारी।

रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटकाे वर्ष २०२३/२४ को अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् । क्लबको पद हस्तान्तरण तथा प्रथम साधारण सभामा उनलाई वर्ष २०२२/२३ की अध्यक्ष अपेक्षा श्रेष्ठले पद हस्तान्तरण गरेकी हुन् ।
भण्डारीकाे नेतृत्वमा वर्ष २०२३/२०२४ को लागि निवर्तमान अध्यक्षमा अपेक्षा श्रेष्ठ, उपाध्यक्षमा अनिष काफ्ले, सचिवमा अस्मी न्यौपाने, कोषाध्यक्षमा मुना सापकोटा, क्लब सर्भिस डाइरेक्टरमा खुर्सद अलाम, प्रोफेसनल सर्भिस डाइरेक्टरमा रामकृष्ण लामिछाने, कम्युनिटी सर्भिस डाइरेक्टरमा जावीर खान, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा करुणा के.सी , टि. आर. एफ. चियर सुनिता लोहनी, सर्जेन एट आर्ममा सरन श्रेष्ठ,पब्लिक इमेज चियर अंकित श्रेष्ठ, मेम्बरसीप चियर अदिति बिडारी गरी १३ जना कार्यसमिति चयन भएको छ।
पद हस्तान्तरण गर्दै वर्ष २०२२/२३ की अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएकी थिइन । उनले आफ्नो एक वर्षे कार्यकालमा चितवन जिल्लाका विभिन्न ठाउँमा चिसोको समयमा बालबालिकालाई न्यानो कपडा वितरण, विद्यालयमा खानेपानी व्यवस्थापन, स्वास्थ्य सिविर लगायतका थुप्रै सामाजिक कार्यहरु गरिएको बताएकि छन् । यसैगरी बर्तमान अध्यक्ष सुरज भण्डारीले आफ्नाे कार्याकालमा मुलतः महिला स- शक्तिकरण तथा बालबालिकाकाे हक हितका लागि डटेर लाग्ने बताएका छन्।
क्लब स्थापनाको ५औँ वर्षका अध्यक्ष सुरज भण्डारीले वर्ष २०२३–२४ को लागि वार्षिक कार्ययोजना, बजेट तथा विभिन्न समितीहरुको निर्माण गरि साधारण सभामा पेश गर्नु भएको र सर्वसम्मत रुपमा पास गरिएको छ । रोट्र्याक्ट क्लबले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरु गर्दै आइरहेको हुँदा यस वर्ष पनि स्वास्थ, शिक्षा, समुदायको आर्थिक वृद्धि, रोग रोकथाम र उपचार, व्यावसायिक विकास लगायतका अन्य क्षेत्रहरूमा कार्यक्रम गर्ने लक्ष लिइएको अध्यक्षले जानकारी दिनुभयो ।