सर्वाेच्च शिखर सगरमाथामा भरतपुर महानगरको झण्डा फहराइयो।

चितवन/विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको छ ।
महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
भरतपुर महानगरपालिकाको आयोजनामा गाईड नरेन ठकुरी, सहायक गाइड चेतन भोटे गत २०७९ चैत २१ गते काठमाडौँबाट सगरमाथा प्रस्थान गरेका थिए ।
वैशाख २५ गते आधार शिविरबाट हिँडेको टोली महानगरको झण्डासहित २०८० जेठ ३ गते विहान ८:३३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो ।

महानगरपालिकाको झण्डा फरफराउने कार्यक्रम सम्पन्न भई टोली काठमाडौँ फिर्ता भईसकेको छ । यसको संयोजन भरतपुर महानगरपालिकाका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले गरेका थिए।