जनस्वास्थ्य सरोकार मंच नेपालको तदर्थ समिति गठन।

सुस्मिता बराल जेठ ६, चितवन/स्वास्थ्य क्षेत्रमा देखिएका बिबिध बिकृती, बिसङ्गती, बेथिति, अनियमितता, भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध जनचेतना अभिबृद्धी गर्नुका साथै त्यस्तो कार्यलाई निरुत्साहित गर्ने उध्येश्य सहित आज भरतपुरमा एक समारोहका बीच “जनस्वास्थ्य सरोकार मंच नेपाल” को तदर्थ समिति गठन गरिएको छ। उक्त प्रारम्भिक भेलाले प्रतिष्ठित ब्यबसायी एवं समाजसेवी बाबुराम अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती गठन गरिएको हो।

समितिको उपाध्यक्षमा दिपक ढकाल, सचीवमा सुर्य बराल, सहसचिवमा रामबाबु रेग्मी, कोषाध्यक्षमा सुनिता लामा, सदस्यहरुमा ईन्जिनियर बिजय कार्की, राधा दवाडी, कुस्माखर अधिकारी, दिनेश रेग्मी र बासुदेव पौडेल रहनुभएको छ।

भरतपुर महानगरपालिका वडा न ७ क्यान्सरगेट अगाडिको होटल बर्षानाको सभाहलमा सम्पन्न बाबुराम अधिकारीको संयोजक्त्वमा भएको भेलामा उपस्थित अतिथिहरु एवं सहभागीलाई स्थानीय टोलबिकास सस्थाका अध्यक्ष दिपक ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

भेला भरतपुर महानगरपालिका वडा न. ७ का वडा सदस्य किरण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल आसपासका विभिन्न टोलका प्रतिनिधिहरु, स्थानीयबासी, ब्यबसायी लगाएत विभिन्न क्षेत्रका दिग्गज ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरण अधिकारीले स्वास्थ क्षेत्रमा देखिएका बिकृती बिसङ्गती हल गर्न समिति सक्षम रहोस् भन्ने कामना व्यक्त गर्नुभयो। सो कार्यक्रमको संचालन पत्रकार सुर्य बरालले गर्नुभएको थियो।