भरतपुर महानगरले दियो जिप्रकालाई उद्धार सामग्री, उद्धारमा सम्लग्नलाई सम्मान !

चितवन/भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभयो ।भरतपुर महानगरपालिकाले खोज तथा उद्दारमा प्रयोग हुने २२ प्रकारको सामान तथा औजार हस्तान्तरण गरेको हो । विपद् सामाग्रीरु ६ लाख ६६ हजार ३ सय ८३ रुपैयाँमा खरिद गरिएको हो ।हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेकाले खोज तथा उद्दार कार्यमा सहयोग पुराउन अति आवश्यक सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।भरतपुर गर्मी ठाउँ भएकाले आगलागी र दुई ठुला नदीले बाढीको जोखिम रहेकाले खोज तथा उद्दारको कार्यमा महानगरपालिकाले सक्दो सहयोग पुराउने उल्लेख गर्नुभयो ।महानगर प्रमुख दाहालले विपद् व्यवस्थापनको लागि सरोकारवालासँग समन्वय गरी अगाडि बढेको बताउनुभयो ।महानगरबासीलाई सुरक्षित राख्न महानगर सधै अग्रसर रहने उहाँको भनाई थियो ।

यसैबीच खोता खोरमा उल्लेखिय कार्य गर्ने प्रहरीलाई महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान पनि गर्नुभएको थियो।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले खोज तथा उद्दार समाग्री हस्तान्तरण गरी महानगरपालिकाले विपद्को कार्य गर्न सहयोग पुराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।