ब्यबसायीलाई घरबेटीले पारे बिचल्ली, कर छलिमा समेत सम्लग्न।

चितवन/चितवनको मुख्य ब्यापारिक केन्द्र नारायणगढका घरबेटीले एक सटरवाला ब्यबसायीलाई बिचल्ली पारेका छन् । बजारमा अहिले घरबेटीहरुको मनपरीतन्त्रले ब्यबसायीहरु यतिसम्म पिडीत भएका छन् की उनीहरु आफ्नो लगानी सबै छाडी सडकको बास बस्नुपर्ने बिचल्ली अवस्थामा पुगेका हुन् ।
त्यस्तै, कयौं ब्यबसायीहरुलाई चर्को भाडा लगाउने ब्यबसायीहरुले समयमा भाडा तिर्न नसक्दा भाडा बापतको रकममा समेत मिटरब्याजको हिसाबले भाडा असुल्ने गरेको खुल्नमा आएको छ ।
एकजना ब्यबसायीका अनुसार ‘कोरना कहर, लकडाउन र आर्थिक मन्दीको कारण ब्यबसाय चौंपट भएकाले समयमा भाडा तिर्न नसक्दा लाखौंको लगानी गरेका ब्यबसायीहरुलाई घरबेटीहरुले बिलम्ब भएको समयको मिटरब्याजका हिसाबले ब्याज जोडी जर्बजस्ती बढी भाडा असुल्ने, जर्बजस्ती सटर खाली गराई तेश्रो पक्षलाई सटर बिक्रि गर्ने प्रबृती बढेको गुनासो गरे ।
मन्दिको कारण ब्यबसायीले भाडा तिर्न नसकेको अवस्थालाई नजरअन्दाज गरी महङ्गो भाडा असुल्ने घरबेटीहरुले राज्यलाई तिर्नुपर्ने बहालकरमा भने ब्यापक छली गरिरहेको ति पिडीत ब्यबसायीले दुखेसो पोखे । उनले अगाडी थपे ‘त्यहि न्युन कर पनि हामी ब्यबसायीलाई तिराउछँन यो कहाँ सम्मको अत्याचार हो’ उनले प्रश्न गरे ।
यसरी ब्यबसायीलाई सडकको बास बनाई बिचल्ली पार्ने घरबेटीहरुमध्ये भरतपुर ३ नारायणगढ कमलनगर चोकदेखि ५० मिटर भित्र मैंयादेबी मार्गमा रहेको माँ शान्ती स्टोर नामक फेन्सी रहेको घरका घरबेटी टिकाराम सुबेदीका छोरा राजीब सुबेदी पनि रहेको खुल्नमा आएको छ । सुबेदीले सो सटरमा बिगत ८ बर्षदेखि पसल गरी बस्ने अंगत प्रसाद गुप्तालाई बेहाल बनाएको पिडीतको आरोप छ ।
बैंकको ब्याज तिर्न नसकेर दिन दिनै दर्जनौं ब्यबसायीहरुले आत्महत्या गरी मर्नु परिरहेको यस्तो बिषम परिस्थीतीमा सुबेदीले भरतपुर महानगर ३ नं. वडा कार्यालयलाई समेत प्रयोग गरी सटर खाली गराई गुप्तालाई लखेटेको खुल्नमा आएको हो । मासिक ६० हजारका दरले भाडा तिरिरहेका गुप्तालाई ३ महिनाको भाडा नतिरेको आधारमै वडा कार्यालयका प्रतिनिधीलाई राखी सुबेदीले जर्बजस्ती सटर खाली गराएका हुन् ।
यसैंबिच, भाडावालको बजारमा रुवाबासी तपाईहरु कता भन्दा नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका संस्थापक अध्यक्ष एवं केन्द्रिय सल्लाहाकार संयोजक हेमराज पौंडेलले यस्तो बिषम अवस्थाको घरबेटीहरुले मनन गर्नुपर्ने भन्दैं भाडाको बिषयलाई लिएर जर्बजस्ती निकाल्न खोजेमा त्यस्को प्रतिकार गर्ने जानकारी दिए । पौंडेलले अन्यायमा परेका ब्यबसायीहरुलाई घरबहाल समितीमा निवेदन हाल्न पनि अनुरोध गरे ।
यता, घरबेटी पौंडेलको मोबाईलमा यस बिषयमा थप बुझ्न सम्पर्क गर्दा उनको नम्बरमा सम्पर्क हुन सकेन ।
कर छलीमा समेत सम्लग्न ।
सुबेदीको कमलनगरस्थित आलिशान महलमा रहेका आदा दर्जन बढी सटर रहेको छ । उनले भाडा बापत मात्र मासिक रु २ लाख बढी रकम उठाईरहेका छन् । महानगरलाई सुबेदीले कर बापत तिर्नुपर्ने १० प्रतिशत रकम मासिक रु २५ हजार हुन आउँछ तर भण्डाफोरले अनुसन्धान गर्दा सुबेदीले बहालकर महानगरमा छली गरेको तथ्य फेलापरेको हो ।
त्यहि कम कर पनि सुबेदीले जर्बजस्ती भाडावालहरुसँग नै असुली गरिरहेको पाईएको छ । सुबेदीमात्र होईन नारायणगढ भरतपुरका अधिकांस घरबेटीहरुले ब्यापक मात्रमा कर छली गरिरहेको खुल्नमा आएको छ । महानगरको राजस्व शाखामा कार्यरत कर्मचारीहरु चिरनिद्रामा रहँदा सुबेदीजस्ता हजारौ घरबेटीले कर छली गर्दा महानगरको करोडौं राजस्व गुमिरहेको छ । यस बिषयमा तत्काल सम्बन्धित कार्यालयको ध्यानर्कषण हुनुपर्ने देखिन्छ । भण्डाफोर अभियान साप्ताहिकबाट