एएफयुमा नवनियुक्त उपप्राध्यापकका लागि पेडागोजी तालिम

चितवन/कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) निरन्तर शिक्षा केन्द्रको आयोजनामा नवनियुक्त उपप्राध्यापकका लागि इन्ट्रक्सनल पेडागोजी सम्बन्धी पाँच दिने तालिम बिहिबारबाट सुरु भएको छ । विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले तालिमको उद्घाटन गर्दै नवनियुक्त उपप्राध्यापकहरु आफ्नो पेशागत मर्यादामा रहि निरन्तर विश्वविद्यालय र देशको हितमा अघि बढ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष त्रिपाठीले विश्वविद्यालयका निर्दिष्ट म्याण्डेटहरुः शिक्षण, अनुसन्धान र प्रसारमा निरन्तर जुटिरहन तालिमका सहभागीलाई आग्रह गर्नुभयो । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले तालिम तथा कार्यक्रमहरुमा गरिने खर्च भनेको खर्च नभई विश्वविद्यालयको हितमा गरिने लगानी भएकाले विश्वविद्यालले शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धिमा प्राथमिकता दिएको बताउनुभयो । रजिष्ट्रार थपलियाले अध्ययन, अध्यापनका साथसाथै अनुसन्धानात्मक कार्यक्रममा पनि विशेष जोड दिएको हुँदा नयाँ आउनुभएका उपप्राध्यापकहरुलाई अध्यापनसँगै अनुसन्धानमा सहभागी हुन समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रमा विश्वविद्यालयको सेवा आयोगका सदस्य प्रा.डा.पुष्कर पाल, कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्रा.डा. होमबहादुर बस्नेत, स्नातकोत्तर कार्यक्रम निर्देशनालयका निर्देशक प्रा.डा.भुमिनन्द देवकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिममा विश्वविद्यालयका प्राध्यापकहरु, आर्थिक तथा कर्मचारी प्रशासन महाशाखा प्रमुखहरु, काठमाडौँ विश्वविद्यालय र लिटल एन्जेल्स एजुकेशन फाउण्डेसनका शिक्षाविद्हरुले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नेछन् । तालिममा शिक्षण सिकाई र मुल्यांकनका विधिहरु, परिक्षा सञ्चालन सम्बन्धि विभिन्न आयामहरु र विश्वविद्यालयमा प्रचलित आधारभुत प्रशासनिक तथा आर्थिक प्रकृया विषय समेटिएको तालिमका संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले बताउनुभयो ।
यस्ता किसिमका तालिमहरुले सहभागीहरुको शिक्षण सिकाईमा प्रभावकारी परिवर्तन ल्याउने र शैक्षिक गुणस्तरमा उल्लेख्य वृद्धि हुने निर्देशक डा. भट्टराईले बताउनुभयो । तालिममा विश्वविद्यालयको कृषि संकाय र आंगिक कलेजहरुमा नियुक्त भएका १५ जना उपप्राध्यापकहरुको सहभागीता रहेको