हंसले मनायो फागु पर्व एवं नारी दिवस

चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज सोमबार नारायणगढमा फागु पर्व २०७९ तथा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको युवा, स्वास्थ्य, संस्कृति, सञ्चार तथा वातावरण उपसमिति र महिला परिचालन उपसमितिको संयुक्त संयोजनमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष दिनेशकुमार चुके रहनुभएको थियोे।

कार्यक्रममा प्रमुखअतिथि चुकेले हंसले समय सापेक्ष संस्कृतिको जगेर्ना गर्दै विभिन्न दिवशहरूसमेत मनाउँदै आएको बताउनुभएको थियोे।
कार्यक्रममा संस्थाकी सचिव शारदा शर्मा पौडेल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेल, सदस्य कृष्णहरि तिमिल्सेनाले शुभकामना मन्तव्य राख्नुभएको थियोे। महिला परिचालन उपसमितिका संयोजक अनिता मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपसमिति सदस्य लक्ष्मी लामिछानेले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन युवा, स्वास्थ्य, संस्कृति, सञ्चार तथा वातावरण उपसमितिका संयोजक सूर्य बरालले गर्नुभएको थियोे।
कार्यक्रममा नवगठित उपसमितिका संयोजक तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नुका साथै संस्थाका समिति, उपसमिति, कर्मचारी तथा सेयर सदस्यहरुको सहभागितामा मनोरञ्जनात्मक खेल खेलाई पुरस्कार प्रदान गरिएको संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो।