देशको समस्याको मुख्य जड दलाल पुँजिवाद: विरही

चितवन /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीले देशको समस्याको मुख्य कारक तत्व दलाल पुजिवाद रहेको ठोकुवा गरेका छन् । चितवनको माडीमा हिजो आईतवार र आज सोमबार जनपत्रकार संगठन नेपालको तेस्रो पूर्ण बैठकमा प्रशिक्षण मन्तब्य राख्दै नेता बिरहीले येस्तो बताएका हुन।
दलाल पुजिवादले हाम्रो कृषि, उध्धोग, समग्र उत्पादन प्रणाली, अर्थतन्त्र र राजनीतिलाई समेत नियन्त्रण गरेको छ।देशमा शिक्षा, स्वास्थ लगाएत जनताको समग्र जीवनस्तर संकटपुर्ण बन्दै गएको भन्दै नेता बिरहिले यो समस्याको मुख्य जड दलाल पुजीवादी ब्यबस्था भएको र यसको विकल्प खोज्न जनताले ढिला गर्न नहुने सुझाए।
यो समस्यालाई हल गर्नु नै हाम्रो पार्टीको विचार र राजनिति हो भन्दै उनले समाजविकासको यो अनिवार्य आवश्यकतालाई हामीले पनि समाधान दिने गरि अगाडि जान सकेनौं भने दलाल पुजीवाद विरोधी क्रान्तिको नेतृत्व गर्न अरु कुनै शक्ति जन्मिन्छ, यो अनिवार्य भएको उल्लेख गरे।

नेपाल कम्युनिस्ट पार्टी र एकीकृत क्रान्ति दलाल पुँजिवाद विरुद्ध कसरी विजयी हुन्छ भन्ने विषयमा प्रष्ट पार्दै नेता बिरहिले भने-” कुनै पार्टी , विचार र कार्यक्रम समाज विकासको अनुकुल छ भने त्यसको विकास हुन्छ , त्यस्तो शक्ति अहिले कमजोर र सानो भए पनि निकट भबिस्यमा त्यो शक्तिशाली भैइ अनिवार्य विजयी अनिवार्य बिजय हुने बताए। क्रान्तिकारी शक्ति एकदिन अवश्य शक्तिशाली भएरै जान्छ, हिजो जनयुद्ध पनि त्यसरी नै सानोबाट ठुलो हुँदै विकसित र शक्तिशाली भएको हो, तर कुनै शक्ति समाज विकासको नियमको प्रतिकुल छ भने त्यो अहिले शक्तिशाली र ठुलो जस्तो देखिए पनि त्यसको विघटन, पराजय र विनास अनिवार्य हुन्छ भन्दै उनले समाज विकासको इतिहास यसरी नै बिकास भएर आएको बताए।

राजनीति , अर्थतन्त्र , संस्कृति, प्रशासन लगाएत राज्यका सबै अङ्गहरुमा दलाल पुँजिवादको प्रवेश भएको र त्यसले समग्र देश र जनताको विकास प्रक्रियामा अवरोध पुर्याएको, त्यो अन्तर विरोधलाई हल गर्नेगरि राजनीतिक, वैचारिक कार्यक्रम नेकपाले अङ्गिकार गरेकोले नेकपाको नेतृत्वमा देशमा आम जनबिद्रोहको आवश्यकता रहेको कुरामा जोड दिदै नेता बिरहीले यो कुरा जनतालाई बुझाउन जनपत्रकारले भुमिका खेल्नुपर्ने औल्याउँदै जनपक्षीय पत्रकारिता गर्न पत्रकारहरुलाई आह्वान गरे। जनपत्रकार संगठन नेपालको तेस्रो पुर्ण बैठकमा प्रशिक्षण मन्तव्य राख्ने क्रममा नेता विरहीले यस्तो धारणा व्यक्त गरेका हुन।
कार्यक्रममा आफ्नो मन्त्ब्य राख्दै
नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य सन्देश पौडेलले आत्मनिर्भर उत्पादन र अर्थतन्त्रको बिकास गर्न नसकेमा बिप्लबहरु पनि दलाल बन्ने खतरा रहेको भन्दै अहिले आफ्नो पार्टी उत्पादनमा लागेको प्रष्ट पारे।
जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरवहादुर बिश्वकर्माको अध्यक्षतामा सो बैठकमा संगठनका सल्लाहकार अध्यक्ष राजेन्द्र चिमौरियाले समेत प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए।