अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

काठमाडौं/काठमाडौं अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरि“दै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् ।
पछिल्लो समय हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’मा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ ।

त्यस्तै, अदालतबाटै दोषी ठहर भई ‘ फरार सूची’मा रहेका अर्का सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य ९सांसद० निर्वाचित चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाटै पक्राउ गरेको हो ।

चौधरी गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र २ बाट निर्वाचित सांसद हुन् । उनीमाथि कैलाली गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको लु२त २११ नम्बरको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी गरेको आरोप छ ।

त्यसबखत ट्याक्टर मालिक महादेव बजगाईंले ‘आफ्नो ट्याक्टरमा आगो लगाइदिएको’ भन्दै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध २ भदौ २०६७ मा मुद्दा दायर गर्दै उजुरी दिएका थिए । उजुरीमा महादेवले ८ लाख ७५ हजार क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । यो समाचार राजधानी दैनिकमा छ ।