गौर काण्डका दोषीमाथि मुद्दा चलाउन सिफारिस

काठमाडौं । गौर हत्याकाण्डको १६ वर्षपछि उक्त घटनामा मुछिएका १ सय ३० जनामाथि तत्काल छानबिन गरी दोषीउपर मुद्दा चलाउन राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ। जसमध्ये जाहेरी दरखास्तमा नाम उल्लेख भएका ६६ र गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ ले दोषी किटान गरेका ६४ जना छन्।

अनुसन्धानपछि दोषीउपर अभियोग दर्ता गरी सोको जानकारी गराउन र तीन–तीन महिनामा प्रगति प्रतिवेदन पठाउन आयोगले सरकारलाई भनेको छ। ‘गौर घटना पूर्वनियोजित, मनशाययुक्त र क्रूर तरिकाबाट घटाएको पाइएको छ। आयोगका सदस्य डा। सूर्यप्रसाद ढुंगेलले भने, ‘पीडकलाई कारबाही नभएकोमा गम्भीर चासो छ।’

रौतहटको गौरमा २०६३ चैत ७ गते झडप हुँदा २७ जना मारिएका थिए। १ सय १५ जना घाइते भएका थिए। तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमबीचको प्रतिशोधपूर्ण व्यवहारका कारण उक्त घटना भएको निष्कर्ष आयोगले निकालेको छ। ‘दुवै पक्षबीचको राजनीतिक टकराव र प्रतिक्रिया स्वरूप प्रतिशोधि भावना हिंसामा परिणत भई योजनाबद्ध र नियोजित आक्रमणबाट २७ माओवादी कार्यकर्ताको क्रुर, अमानवीय तथा अपमानजनक तरिकाबाट हत्या र घाइते भएको देखिन्छ’, आयोगले पुस १९ गते गरेको निर्णयमा भनिएको छ। त्यसमा माओवादी भ्रातृ संगठन मधेसी मुक्ति मोर्चा र मधेसी जनअधिकार फोरमको तिक्तता र प्रतिशोधपूर्ण व्यवहार जिम्मेवार रहेको आयोगको निष्कर्ष छ। आयोगको निर्णयमा भनिएको छ, ‘यस्तो व्यवहारका बारेमा दुवै पक्षको नेतृत्व तह पूर्णरूपमा गम्भीर हुन नसकेको देखियो।’

फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादव र रौतहटका कायकर्ता तथा माओवादीको भ्रातृ संगठन मधेस मुक्ति मोर्चाका तत्कालीन महासचिव प्रभु शाह एवं पूर्वजनसरकार प्रमुख विन्देश्वर यादवलाई एकै स्थान र समयमा दुई फरक र तिक्ततापूर्ण व्यवहार भएका दलहरूबीच कार्यक्रम भए हिंसा भई जनधनको क्षति हुने अनुमान रहेको जनाइएको छ। ‘दुवै दलका नेतृत्वबाट घटनालाई रोक्ने सन्दर्भमा कुनै पहल हुन सकेको देखिएन’, आयोग सदस्य डा। ढुंगेलले भने।

के हो गौर हत्याकाण्ड रु रौतहटको गौरमा २०६३ चैत ७ गते झडप हुँदा २७ जना मारिएका थिए। १ सय १५ जना घाइते भएका थिए। तत्कालीन माओवादी र फोरमबीचको प्रतिशोधपूर्ण व्यवहारका कारण उक्त घटना भएको निष्कर्ष आयोगले निकालेको छ।

गौरमा २०६३ माघ १७ गते माओवादीबाट फोरमसमर्थित नेता कार्यकर्तामाथि कुटपिट र लाठी प्रहार भएको थियो। फोरमले चैत ७ गतेको कार्यक्रमलाई दुई दिनअघि मात्र माओवादीको भ्रातृ संगठन मधेसी मुक्ति मोर्चाले गौर राइस मिलको चौरलाई नै छनोट गरी भिडन्तको अवस्था सिर्जना गरेको आयोगको ठहर छ। फोरमका तर्फबाट मधेसी मुक्ति मोर्चाको मञ्च भत्काउने तथा तोडफोड गर्ने कार्य भएपछि प्रतिरोधमा पहिलो गोली मोर्चाका तर्फबाट चलेको आयोगले जनाएको छ। ‘त्यसको प्रतिकारमा फोरम तर्फबाट पूर्वतयारी गरी नियोजित रूपमा माओवादीहरूलाई नियन्त्रणमा लिई क्रियाकलाप अमानवीय र क्रूर हुन पुगेको देखिन्छ’, आयोगको निर्णयमा भनिएको छ।

मुकदर्शक सुरक्षा निकाय २०६३ चैत ६ गतेको निर्णयअनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको तालुक निकायबाट थप सुरक्षाकर्मी पठाइएन। जिल्लामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच पनि प्रभावकारी समन्वय हुन नसकेको आयोगले जनाएको छ। आयोगका सदस्य डा। ढुंगेलका अनुसार सुरक्षा निकायबीच समन्वय हुन नसक्नुलाई अनौठो मानिएको छ।

राष्ट्रिय अनुसन्धान कार्यालयको भूमिका पनि प्रभावहिन देखिएको आयोगको अध्ययनमा उल्लेख छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझाले घटना हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को प्रयोग गर्न कुनै पहल नगरेको आयोगको निष्कर्ष छ। स्थानीय सुरक्षाकर्मी र प्रशासनले दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनसमेत असफल भएको आयोगको दाबी छ। २०६४ वैशाख २८ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा दुइटा किटानी जाहेरी परेका थिए।

जाहेरीको अनुसन्धान र छानबिन प्रक्रिया अघि बढाउन अनुसन्धान तथा अभियोजनको जिम्मेवारीमा रहेको निकाय पूर्णतः उदासीन भएको देखिने आयोगको दाबी छ। प्रहरी प्रधान कार्यालय र महान्यायाधिवक्ताको कार्यालय समेतले बेवास्ता गरेको छर्लंग देखिएको आयोगले जनाएको छ। एकै स्थानमा कार्यक्रम आयोजना नगर्न स्थानीय वाणिज्य संघको पहलमा भएको बैठकमा स्थानीय प्रशासनले दुवै पक्षलाई मौखिक रूपमा गरेको आग्रह बेवास्ता गरेका थिए। जिल्ला सुरक्षा समितिले थप सुरक्षाकर्मी माग गर्ने भनी चैत ६ गतेको निर्णयबमोजिम थप सुरक्षाकर्मी पठाउने कार्यमा तालुक कार्यालयबाट समेत बेवास्ता भएको आयोगले गरेको प्रतिवेदनमा उल्लेख छ।

थन्कियो प्रतिवेदन
सरकारले तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश हरिप्रसाद घिमिरेको अध्यक्षतामा गौर घटना जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा घटना नियोजित, योजनाबद्ध, मनशाययुक्त, जघन्य र क्रूर भएको तर मुद्दा चलाउनुपर्ने निकायहरू निस्क्रिय रहेको जनाइएको छ। तत्कालीन सरकारी मुद्दासम्बन्धी ऐन २०४९ बमोजिम शीघ्र मुद्दा चलाउन गरिएको सिफारिस कार्यान्वयन हुन सकेको छैन।

तत्कालीन सुरक्षा प्रमुखलाई कारबाही सिफारिस
२०६४ वैशाख २८ गते दर्ता भएको भनिएको किटानी जाहेरी दरखास्तउपर कुनै कारबाही, अनुसन्धान, तहकिकात गरी अभियोजन गर्ने कार्य भएको नदेखिएको आयोगको निर्णयमा उल्लेख छ। अनुसन्धान अघि नबढाउने रौतहटका तत्कालीन प्रहरी प्रमुख योगेश्वर रोमखामी, मानव अधिकारको उल्लंघन हुनबाट रोक्ने जिम्मेवारी पूरा नगर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझालाई सेवामा बहाल भए विभागीय कारबाही गर्न आयोगले भनेको छ।

तत्कालीन प्रहरी उपरीक्षक रामकुमार खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक धर्मानन्द सापकोटा र नायब उपरीक्षक कामाख्या नारायण सिंहलाई पनि यस्तै कारबाही गर्न भनिएको छ। सेवानिवृत्त भएको अवस्था भए आगामी दिनमा राज्यका तर्फबाट कुनै पनि थप अवसर प्रदान नगर्न आयोगले सिफारिस गरेको छ। ‘यस्तो अमानवीय घटनामा कसैलाई पनि सजाय, कारबाही गरिएको छैन,’ आयोग सदस्य डा। ढुंगेलले भने,‘ यति ठूलो क्रुर घटनालाई समाजले बिर्सन सक्दैन।’

जाहेरी दरखास्तमा नाम उल्लेख भएका व्यक्तिहरू

१। अजय गुप्ता, गौर–९ रौतहट
२। गौरीशंकर यादव, गौर–९ रौतहट
३। बाबुलाल साह कानू, गौर–२ रौतहट
४। ललन सिंह, गौर–१३ रौतहट
५। चन्द्रिका सिंह, सरुअठा–४ रौतहट
६। बलराम सिंह कुँवर, ब्रम्हपुरी रौतहट
७। उपेन्द्र यादव, बसनाहा सप्तरी
८। राजेन्द्र यादव, ठेगाना नखुलेको
९। सञ्जीव यादव, टेंग्राहा–१ रौतहट
१०। रामकलेवर सिंह, गौर–५ रौतहट
११। जगन्नाथ केसरी, गौर–९ रौतहट
१२। सञ्जीव यादव, मुडवलवा–२ रौतहट
१३। शम्भु सिंह, गंगापिप्रा–२ रौतहट
१४। रामप्रवेश सिंह, गंगापिप्रा–२ रौतहट
१५।रुपनारायण चौधरी, हथियाही–७ रौतहट
१६। चुल्हाई साह, वसनपुर–१ रौतहट
१७।देवानन भन्ने देवनाथ झा, वसतपुर–रौतहट
१८। राम आधार साह, वसतपुर–१ रौतहट
१९। शिवशंकर सिंह, ब्रम्हपुरी–१ रौतहट
२०। जगरनाथ ठाकुर, ब्रम्हपुरी–५ रौतहट
२१। गणेश राय यादव, शीतलपुर वैरगनिया रौतहट
२२। विनोद सिंह ब्रम्हपुरी–१ रौतहट
२३। जयनन्द यादव, दक्षिण भिटकैया बारा
२४। नन्दकिशोर साह, सरमजुवा–२ रौतहट
२५। कपिलदेव राय यादव, धरहरी रौतहट
२६। दामोदर प्रियदर्शी, सोनरिया–४ रौतहट
२७। बबन सिंह, ब्रम्हपुरी–१ रौतहट
२८। भूषण सिंह, गौर–१३ रौतहट
२९। रामप्रसाद लाल, ब्रम्हपुरी–२ रौतहट
३०। जितेन्द्र सिंह, ब्रम्हपुरी–१ रौतहट
३१। रामेश्वर राय यादव, मुडबलवा–२ रौतहट
३२। प्रेमचन्द्र झा, रौतहट
३३। राम अयोध्या महतो चनउ, गौर–६ रौतहट
३४। अवधेश चनउ, गौर–६ रौतहट
३५। रामनिवास सिंह, हजमिनिया–८ रौतहट
३६। उमेश तिवारी, हजमिनिया–८ रौतहट
३७। अशोक सिंह, हजमिनिया–१ रौतहट
३८। भाग्यनारायण साह, बसतपुर रौतहट
३९। शंकर सिंह, बसनपुर–८ रौतहट
४०। मुन्ना सिंह, हजमिनिया–१ रौतहट
४१। मंगल राउत बरई बरियारपुर–५ रौतहट
४२। शेख दाउद, कनकपुर रौतहट
४३। शंकर यादव, माइधिया मानपुर रौतहट
४४। अरुण सिंह, गौर–१३ रौतहट
४५। मुकुट सिंह, हजमिनिया–१ रौतहट
४६। विश्वनाथ पट्टेल, जेठरहिया–८ रौतहट
४७। वीरेन्द्र राउत, जेठरहिया–९ रौतहट
४८। जयचन्द्र यादव, टेंग्राहा–४ रौतहट
४९। दिन्ना यादव, टेंग्राहा–२ रौतहट
५०। सहन राय यादव, टेंग्राहा–१ रौतहट
५१। हरिन्द्र यादव, जयनगर–९ रौतहट
५२। वैद्यनाथ साह, मठिया–७ रौतहट
५३। ललि साह तेली, औरही–१ रौतहट
५४। शंकर साह बनिया, औरही–१ रौतहट
५५। वीरेन्द्र पाण्डे, गंगापिप्रा रौतहट
५६।जोद्धा साह, गौर रौतहट
५७। शंकर राय यादव, लक्ष्मीपुर रौतहट
५८। वेराहिम अन्सारी, जयनगर रौतहट
५९। श्रीनारायण झा, बसतपुर रौतहट
६०। रामबाबु प्रसाद यादव, कचारवा–१ बारा
६१। जियालाल प्रसाद यादव, इनर्वामाल कोइलीडिह बारा
६२। शिउनाथ पट्टेल, मझौलिया भिटकैया बारा
६३। मदन साह, गौर–१२ रौतहट
६४। अरबिन्द सिंह, हजमिनिया–१ रौतहट
६५। पवन सिंह, हजमिनिया–८ रौतहट
६६। भूपेन्द्र महतो, भसेढवा रौतहट

गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ बाट दोषी भनी नाम उल्लेख भएका थप व्यक्तिहरू

६७। राम सोगारत यादव, गौर–४ रौतहट
६८। पंकज भारती, गौर–४ रौतहट
६९। नरेश भारती, गौर–४ रौतहट
७०। दीपेन्द्र भारती, गौर–४ रौतहट
७१। देवी यादव, गौर–५ रौतहट
७२। लालकिशोर राउत, गौर–९ रौतहट
७३। रामदास साह, वसतपुर–१ रौतहट
७४। रामेश्वर साह, वसतपुर–१ रौतहट
७५। रामजी दास, वसतपुर–१ रौतहट
७६। रजनीश झा, वसतपुर–१ रौतहट
७७। हरिकिशोर यादव, गौर मालपोतमा लेखापढी गर्ने
७८। लालकिशोर राउत, गौर–९ रौतहट
७९। गंगा सिंह, गौर–९ रौतहट
८०। हिन्दु राय यादव, महमदपुर रौतहट
८१। नवल यादव, महमदपुर रौतहट
८२। ब्रज यादव, महमदपुर रौतहट
८३। सञ्जीव झा, रौतहट
८४। रणवीर महतो, रौतहट
८५। गगनदेव महतो, रौतहट
८६। सोनालाल यादव, रौतहट
८७। भुनरेस यादव, रौतहट
८८। नरेश साह तेली, रौतहट
८९। अर्जुन मल्लिक, गौर रौतहट
९०। जगदीश मल्लिक, गौर रौतहट
९१। फेकु, गौर गडवा रौतहट
९२। मुल्तिक, गडवा रौतहट
९३। भद्दा ठाकुर हजाम, ब्रम्हपुरी रौतहट
९४। रामशंकर श्रीवास्तव, ब्रम्हपुरी रौतहट
९५। तेजा बैठा, हजमिनिया पतही रौतहट
९६। अमर बैठा, हजमिनिया पतही रौतहट
९७। विनोद चमार, हजमिनिया पतही रौतहट
९८। मदन सिंह, वसतपुर रौतहट
९९। शिव पासवान, गौर–११ रौतहट
१००। मसेज खाँ, गौर–१० सिसवा रौतहट
१०१। दीपेन्द्र साह तेली, गौर–१० सिसवा
१०२। छोटन सिंह, गंगापिप्रा रौतहट
१०३। गगन सिंह, सिर्सिया रौतहट
१०४। अनिल सिंह, रौतहट
१०५। अमर यादव, इनरवारी–१ रौतहट
१०६। धनञ्जय झा, गौर रौतहट
१०७। वीरवासनी सहनी, बसन्तपटी–६ रौतहट
१०८। किशोरी राय यादव, इनरवारी–१ रौतहट
१०९। वलरुवा अन्सारी, जयनगर रौतहट
११०। रामचन्द्र गिरी, नरकटिया रौतहट
१११। शम्भु साह कानू, गौर–२ रौतहट
११२। अवधेश चनउ, टिकुलिया–६ रौतहट
११३। सञ्जय केशरी, टिकुलिया–६ रौतहट
११४। राजीनन सिंह, गौर रौतहट
११५। रामकुमार शर्मा, महोत्तरी
११६। तेजीलाल पटेल, इनरवारी–६ रौतहट
११७। गगनदेव बैठा, टेंग्राह–७ रौतहट
११८। कौशल सिंह, वसतपुर–४ रौतहट
११९। रामनिवास सिंह, हजमिनिया रौतहट
१२०। रामअवतार साह तेली, वसतपुर रौतहट
१२१। राजेश गुप्ता, ठेगाना नखुलेको
१२२। हरि सिंह, ठेगाना नखुलेको
१२३। शंकर मुखिया, ठेगाना नखुलेको
१२४। राजेन्द्र पटेल, ठेगाना नखुलेको
१२५। रामप्रवेश पटेल, लक्ष्मनिया–५ रौतहट
१२६। शेख जमशैद, गौर–१० रौतहट
१२७। गुडु सिंह, ब्रम्हपुरी–१ रौतहट
१२८। विनोद सिंह, ब्रम्हपुरी–१ रौतहट
१२९। उमा राय यादव, औरइया–८ रौतहट
१३०। विक्रम सिंह, गौर–१३ रौतहट

स्रोत स् राष्ट्रिय मानव अधिकार आयोग अन्नपूर्णबाट ।