प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई !

फाईल फोटो
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसङ्गै देश बिदेशबाट बधाईको ओईरो आउन सुरु गरेको छ। यसैक्रममा प्रचण्ड प्रधानमन्त्री भएकामा चीनले बधाई दिएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई छ।’, दूतावासले भनेको छ।
येता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्रीमा नियुक्त भएको भन्दै बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् ।
मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित रहेको बताउँदै यो मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।
उनले भनेका छन्- ‘सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता-जनता बीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईँसँग मिलेर काम गर्न तत्पर छु।’ आइतबार साँझ एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
आज साँझ ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रूपमा रास्ट्रपति बिधादेबी भण्डारीबाट सपथ लिनेछन।