रोट्रयाक्ट क्लबहरुको १५ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुदै

रोेट्रयाक्ट क्लबहरूको १५ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने रोट्रयाक्ट सम्मेलनमा नेपाल र भुटानका प्रतिनिधिहरुको सहभागी हुने छन ।

यही पुस १५ र १६ गते आयोजना हुने सम्मेलनको रोेट्रयाक्ट क्लब अफ तिनाउ सिटीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । रोेट्रयाक्ट डिआरआर लक्षमण खरेलले २ दिन सम्म चल्ने सम्मेलनमा देशभरका १८० क्लब र भुटानबाट समेत गरि एक हजार बढीको सहभागीता रहने जानकारी दिनुभयो ।

कार्यक्रममा बक्ताको रुपमा प्रतिनिधि सभा सदस्य माननिय गगनकुमार थापा ,बासुदेव घिमिरे, सोविता गौतम प्रदेश सभा सदस्य रहवर अन्सारी को सहभागिता हुने उहाँले बताउनु भयो । रोट्रयाक्ट क्लबहरुको महानपर्व रुपमा राष्ट्रिय सम्मेलनलाई हरिएको छ ।

रोेट्रयाक्ट क्लब अफ तिनाउ सिटीका पुर्वअध्यक्ष अनुप पाण्डेयले सम्मेलनको तयारी भईरहेको जानकारी दिनुभयो । बुटवल क्षेत्रको पर्यटन क्षेत्रको विकास र आर्थिक चलायमानलाई सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो ।

देशविदेशबाट सम्मेलनमा अथितिहरुले सहभागिता जनाउने भएकाले सम्मेलनले यस क्षेत्रको आर्थिक चलायमानमा फाईदा पुग्ने आयोजकले विश्वास लिएको छ ।

क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीले सम्मेलनको तयारीलाई तिव्र पारिएको र विभिन्न उपसमितिहरु गठन गरेर तयारी गरिएको जानकारी दिनुभयो कार्यक्रम राेटयाक्ट डिष्टिका ए डि आर रेशम खण्डका , राेटयाक्ट क्लव अफ बुटवल रामापिथेकसका अध्यक्ष विष्णु घिमिरे लगायतले कार्यक्रम काे बारे जानकारी गरायका थिय कार्यक्रम क्लबका अध्यक्ष मनोरथ अर्यालले सम्मेलनमा करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो । क्लबका सचिब सुभेक्षा पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।