समानुपातिकतर्फ एमालेको २५ लाख मत कट्यो

काठमाण्डौ/समानुपातिकतर्फ एमालेको २५ लाख मत कटेको छ । पछिल्लो परिणामअनुसार ९१ लाख ८६ हजार मतगणना हुँदा एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार र माओवादी केन्द्रको १० लाख ४६ हजार मत छ ।

हिजोसम्म माओवादी तेस्रो नम्बरमा रहेकोमा पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि माओवादीलाई उछिनेको छ । त्यस्तै राप्रपाको ५ लाख ४२ हजार, जसपाको ३ लाख १४ हजार, जनमत पार्टीको २ लाख ५१ हजार र एकीकृत समाजवादीको २ लाख ४७ हजार मत आएको छ ।

निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ । ्