प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।