राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड

चितवन/रवि लामिछानेको गाडी तोडफोड भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा घरदैलोको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सवार बा.१४ च.७६८४ नम्बर गाडीमाथि आइतवार तोडफोड भएको पार्टीले जनाएको छ ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेको पार्टीको आरोप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीको धारणा छ ।

‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेको छ ।