एकै परिवारका तीन जनाको घाँटी रेटेर हत्या

बारा/बाराको प्रसौनी गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको घाँटी रेटेर हत्या भएको छ । बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँभन्दा दुई किलोमिटर उत्तरको ढोरा खोला किनारमा २५ वर्षीया सुजाता चौधरी, उनकी चार वर्षीया छोरी ताहिरा र १६ महिनाका छोरा राजवीरको शव भेटिएको हो ।
प्रारम्भिक अनुसन्धानमा परिवारभित्रैका सदस्यबाट उनीहरूको हत्या भएको देखिएको र अनुसन्धान सुरु गरिएको पनि एसपी बोगटीले बताउनुभयो ।

अहिले शङ्कास्पद व्यक्तिको विवरण सङ्कलन गर्ने र सोधपुछ भइरहेको छ ।