Breaking News

अध्यापन अनुमतिपत्रको परीक्षामा टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द

काठमाण्डौ/शिक्षक सेवा आयोगबाट यहि साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए । सोही कारण आयोगले उनलाइ कारबाहि गरेको हो

शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरका अनुसार शिक्षक सेवा आयोगको नियमावली २०५७ को नियम २६ को उपनियम (१) बमोजिम बमको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गरिएको छ । साथै सोहि नियमावलीको नियम ४३ अनुसार दुई वर्षसम्म आयोगबाट सञ्चालन गरिने अध्यापन अनुमतिपत्र लगायत कुनै पनि प्रतिस्पर्धात्मक परिक्षामा सहभागी हुन नपाउने गरि रोक लगाइएको आयोगले जनाएको छ ।

sahid diwas