पृथ्वीराजमार्ग एकतर्फी सुचारु

धादिङ/अविरल बर्षासगैँ गएरातीदेखि विभिन्न स्थानमा खसेको पहिरो कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ १० स्थित जोगिमारामा पहिरो सगैँ ठूलो ढुंगा खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको सडक डिभिजन फिस्लिङका सुपर भाइजर हरि घिमिरेले जानकारी दिए। अहिले एकतर्फी सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
यसैबिच पृथ्वीराजमार्ग अन्तरगत नै चितवनको इच्छाकामना ४ घोप्टेभीर, केबलकार, वडा नम्बर ३ को डहकीखोला, लगायतका विभिन्न स्थानमा खसेको पहिरो हटाई दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।