लागुऔषध सहित एक जना पक्राउ

महोत्तरी/प्रहरीले प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित महोत्तरीका बर्दिबास(६ का २५ वर्षीय संजय परियारलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा अस्थाइ प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।