आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौं/देशभर हाल मनसुनी वायुको सामान्य प्रभाव कारण आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।