दुर्गा मगरको तिज गित “बरिलै पहिरिय सेतो पहिरन” सार्वजनिक (भिडियोसहित)

चितवन/सांगितिक बजारमा नेपाली लोक संगितलाई चौतर्फी रुचाइएको पाइन्छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएको छ । नेपालमा बसोबास गर्ने नेपालीहरुले मनाउने ठुला चाडवाड नजिकिएसँगै चाडवाडलाई लक्षित गर्दै कलाकारहरुले बजारमा गित ल्याउने गर्छन । यस्तै अव केहि समयपछि हिन्दु नारीहरुको महान चाड तिज आउँदैछ । तर सांगितिक बजारमा तिजको रौनक सुरु भइसकेको छ, तिजलाई लक्षित गर्दै कलाकारहरुले बजारमा तिज गित सार्वजनिक गर्न थालिसकेका छन् ।
यसैविच लोक सांगितिक क्षेत्रमा उदाउदै गरेकी गायिका दुर्गा मगरको यस वर्षको पहिलो तिज कोसेली बरिलै पहिरिय सेतो पहिरन भर्खरै सार्वजनिक भएको छ । पवन परियारको शब्द, गायिका मगरको आवाज र रामु एस केको लय रहेको उक्त गित आज मात्रै स्काई लाइट युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु दोहोरी गीत जस्तै बनेर , अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा गायिका मगरले वास्तविक दुखःद घटनामा आधारित गित बजार ल्याएकी हुन् ।
अमोन रानाको निर्देशन एवम् सुवास गौतमको सह-निर्देशनमा तयार भएको गितको भिडियोमा लोकप्रिय मोडल बिमल अधिकारि, दर्गा मगर, रश्मि भट्ट, लक्ष्मन बाबा र कुमार नेपालको अभिनय देख्न सकिन्छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई मुकेश हुमागाईले छांयाकन एवम् पवन परियारले म्युजिक सम्पादन गरेका छन् ।

  • गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना छ । हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो: https://www.youtube.com/watch?v=Ac8peOf6Sng