सप्तगण्डकीमा प्राध्यापक माथी हातपात घटना: एक हप्ता पछि मात्र प्रमुखको देखावटी विज्ञप्ति

भरतपुर/चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा कक्षाकोठा मा पढाई रहेका प्राध्यापक माथी युवा संघका केन्द्रिय सदस्य अस्मिन घिमिरेले कक्षा कोठामा नै गएर विध्यार्थीकै अगाडि गत शुक्रबार हातपात गरेका थिए पहिलो पटक विद्यार्थिको अगाडि हातपात गरेका घिमिरेले त्यसैदिन केही समय पछि पुन: फर्की दोस्रो पटक समेत प्रशासनकै अगाडि प्राध्यापकमाथी हातपात सहित दुर्ववहार गरे भने छुट्टाउन गएका दुई शिक्षिका हरुमाथी समेत अपशब्द प्रयोग गरे तर ७२ घण्टा बितिसक्दा पनि प्रशासन मौन बसेको भन्दै घटनाको तेस्रो दिन विध्यार्थी हरुले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी सहित क्याम्पस प्रमुखको राजिनामाको माग समेत गरेका थिए क्याम्पस प्रमुखको अगाडिनै एक प्राध्यापक माथी हातपात हुँदा समेत क्याम्पस प्रमुखको तर्फ बाट सोही विषयमा केही पनि अभिव्यक्ति नआउनु एउटा संकास्पद र लाजमर्दो कुरा रहेको विध्यार्थिले बताएका थिए तर घटना घटेको ७/८ दिन पछि भने घटनाको विषयमा क्याम्पस प्रशासनको तर्फ बाट एक प्रेस विज्ञप्ति सार्वजनिक भएको छ तर सार्वजनिक भएको त्यस विज्ञप्तिमा त्यस कलेजमा आवद्ध रहेका विभिन्न सघसङ्गठनको आपत्ति रहेको स्रोतले बताएको छ विभिन्न विध्यार्थी सङ्गठनहरुले क्याम्पस बाट जारी गरिएको प्रेस विज्ञप्ति एउटा विज्ञप्ति नभै देखावटी खोस्टो रहेको बताएका छन क्याम्पस हाताभित्र भएको घटनामा क्याम्पस प्रशासन कठोर तरिकाले अघि बढ्नु भन्दा पनि झाराटारा र दोषीको बचाबट गर्ने तरिकाले अघि बढ्न खोजेको विध्यार्थी सङ्गठन बताउँछन पाबर र पहुँचको दममा प्रध्यापकहरु माथी भएको हातपात र दुर्ववहार प्रती क्याम्पस प्रशासन डटेर नबोल्ने हो भने पछि पनि यस्ता दोषीहरुलाइ थप उर्जा हासिल हुने र क्याम्पसमा कोहि सुरुक्षित नरहने प्राध्यापकहरुको भनाइ छ