वाग्मतीसहित केही प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौं/आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।