बाजुराको एक पालिकामा आज पुनः मतदान हुँदै

बाजुरा/बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

१० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बूढीगङ्गामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वटा वडा रहेको नगरपालिकाको मतदाता सङ्ख्या झन्डै १ हजार ३ सय रहेको छ ।