थप ११३ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौं/नेपालमा थप १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९० र एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ ।