थप ४० जनामा कोरोनाको संक्रमण

काठमाण्डौं/पछिल्लो २४ घण्टामा नेपालमा थप ४० जनामा कोरोनाको संक्रमण पुष्टि भए्को छ । ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । यस्तै, सो अवधिमा १९ जना निको भएका छन् ।