सरकारले पेट्रोलमा २० र डिजलमा प्रतिलिटर २८ रुपैयाँ मूल्य घटाउने

काठमाण्डौ/करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारले घोषणा गरेको छ ।

आज पत्रकार सम्मेलन गरी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूका अनुसार डिजलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ ।

कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६४ पर्नेछ । यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।