मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी

चितवन/मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको छ । लगातारको वर्षाले आज बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ काली खोला नजिक पहिरो खसेपछि उक्त सडक खण्ड एकतर्फी भएको प्रहरीले जनाएको छ ।

पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परिरहेकाले यो सडक खण्डको अन्य ठाउँमा पनि पहिरोको जोखिम छ ।

पानी पर्ने बित्तिकै पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक काम नपरि पानी परेका बेला यो सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध छ ।