काे हो सौन्दर्य ? को हुन सुन्दरी ? – लक्ष्मण सिटाैला

सुघेपछी जसरी बिटाेलिन्छ फूलको कौमार्य
तिमी त्यही हौ-
तिमीलाई अरुले राम्रो भन्दिनु पर्छ ?
यो २१ औ सताब्दीमा अनुहारको ब्यापार
खुब फस्टाएको छ
सुरा सुन्दरी र सुन बढी बिक्छरे !
नारीले नारीको महत्त्व नबुझेको यो देशमा
बढी बदनामी भैदियो नारी नाम
कसैको चाहनामा उ नाङिदिन्छे किन?
एक लिटर पेट्रोलको दुई सय तिरेर
सुन्दरी प्रतियोगितामा भाग लिन जान्छ्यौ
तिमीलाई देशले लुटेको र
पुरुषले लुछेको बाल छैन

खै तिम्लाइ के सुन्दरी भनु?
अझै पनि तराइका हिनादेवीलाई बोक्सी भनेर
मलमुत्र खुवाउने युगकी तिमी
खै म कसरी भनु तिमीलाइ नेपाल सुन्दरी !
बारपाक जाउ
या जुम्ला गएर हेर अझै भुइचालोले
निलेका सपनाहरू लाई सोधि हेर त
त्याहाका स्थानीय जनतालाइ-
सुन्दरी र शौचालय मध्य के रोज्ने भनेमा
तिन्ले निर्धक्क भन्छन सौचालय !!!

आङ खसेकी हुम्लाकी फूलकुमारीलाइ
सगै राखेर सौन्दर्य प्रतियोगिता गर्न सक्छनरे तिन्ले?
सोध कुबेर कुमारहरुलाइ !
लाखौं लत्रेका अभागी अनुहारहरुलाइ छलेर
लाखौ झुकेका शीरहरुलाइ कुल्चेर
खै केहो त्यो ताज?
खै के हो त्यो लाज ?

मुलुकले आफैत लाज ढाक्न नसकेको बेला
खै म तिम्लाइ कस्तो सुन्दरी भनु ?
हिजो मात्रै हो पोखरामा नेहा पुन
बलात्कृत भएकी / मारिएकी
तिनै पुरुष छन त्यो भिडमा ताली बजाउने
र तिम्रो जाङ देखेर वा वा क्या राम्री भन्ने
तिनैले राम्री भन्यो तिम्लाइ र आज तिमी
मिस नेपाल भयौ !

यो अवसादमा म तिम्लाइ कसरी सुन्दरी भनु?
अरुको बुइ चढेर सगरमाथा हेर्नेको भिडमा
तिमी पनि एक थपियौ।

जुनले म राम्रो छु भन्नुपर्दैन
फूलले म सुन्दर छु भनिरहनु पर्दैन
आकाशले म नीलो छु भन्नु पर्दैन
घामले म तातो छु भन्नु पर्दैन भने
फेरि तिम्लाइ अरुले किन राम्री भन्नू पर्यो ?

तिमी उपभोगको सामान बन्न थाल्यौ दुख लाग्यो
तिमीले पैरिएको त्यो ताजमा
कुपुरुषहरूको यौवनको हरक आएको होला
फाल त्यो सुहाएन /
तिम्रो कौमार्य / आफै शान्त शितल
तिम्रो जुनेली अस्मिता आफैमा होनाहार !
तिमी त यो धराको इज्जत !
तिमी हिमकिरण हौ
जो सदैव चम्किरहेको छ
छोएमा पग्लिन्छ बरु
जसै फूल झार्छ्न
नीलकमलको पोखरीमा डुग्रने छाडा साडेहरुले