तारा एअरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

काठमाण्डौ/तारा एअरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको छ ।

यती एअरलाइन्सको भगिनी संस्था तारा एअरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको हो ।
विशेष कारणवश पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताउनुभयो ।