मुग्लिन सडकखण्डमा हायस र कार माथि पहिराे खस्याे

 

नारायणगढ । मुग्लिन सडकखण्ड अन्तर्गत  इच्छाकामना गाउँपालिका वडा नं. ६ तोपेखोलामा गुडिहेको हायस माइक्रो र कार माथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग १ ख ९९०९ नम्बरकाे यात्रुबाहक हायस माइक्रो र प्रदेश ३– ०१ –०२३ च ०५३५ नम्बरको कार माथि करिब सवा ५ बजेतिर पहिरो खसेको हो ।

       पहिरोसगैँ खसेको ढुंगाले लागेर एक जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार हाइस चालक नवलपुर कावासोती नगरपालिका ७ बस्ने बर्ष ३६ को टिकाराम महतोको हातमा सामान्य चोट लागेको हो ।
        मानविय क्षती नभएपनि गाडीमा भने क्षति पुगेको छ । अहिले सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । दुइतर्फी सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।