सिरानचाेककाे १,२,३ मा कांग्रेसकाे प्यानलै विजयी

पालिकामा पनि फराकिलाे मतान्तरका साथ कांग्रेसकै अग्रता

– सराेज उपरकाेटी

गाेरखा । सिरानचाेक गाउँपालिका वडा नं १, २ र ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । आज वडा नं. ३ काे मत गणना सकिए संगै नेपाली कांग्रेसले यस वडामा पनि विजय हासिल गरेकाे हाे । नेपाली कांग्रेसका उम्मेदवार जगदिश ढकालले माओवादी केन्द्रका उम्मेदवार ईश्वरीप्रसाद ढकाललाई फराकिलो मत अन्तरले जितेका हुन् । कांग्रेस उम्मेदवार जगदिशले ९६५ मत प्राप्त गरेकाेमा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका ईश्वरीप्रसादले ५७८ मत प्राप्त गरेका छन् ।

उता साेहि  गाउँपालिकाकाे वडा न १ काे वडाअध्यक्षका उम्मेदवार मनिता गुरूङले ४४० मतका साथ विजयी भईन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कुम बहादुर लामाले ३७१ मत प्राप्त गरेका छन् ।

त्यसै गरि वडा नं. २ मा वडा अध्यक्षका उम्मेदवार खुशीमान गुरूङले ८०९ मतका साथ निर्वाचित  भएका छन् । उनका निकटतम  प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र उम्मेदवार दन बहादुर गुरूङले ४५० मत प्राप्त गरेका छन् । वडा सदस्यहरू पनि दुवै वडामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकाहरू सबै विजयी भएका छन् ।

यस गाउँपालिका अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरूङले सुरूबाटै अग्रता कायम राखेका छन् भने माओवादीका उम्मेदवार नवराज पुडासैनीले पछ्याई रहेका छन् । याे समाचार तयार पार्दा गुरूङले १५०३ मत र पुडासैनीले ५७३ मत प्राप्त गरेका छन् ।