मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौं/हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का एक-दुई स्थानहरूमा मेघरगर्जन सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।