केहि स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौ/नेपालमा हाल स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।