Breaking News

पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाण्डौं/हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ।
देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यता शुक्रबार पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू(भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

sahid diwas