अंसम्लग्न निती अपनाऊ !

बिश्वभर यतिखेर कालो बादल मडारिरहेको छ । खासगरी पश्चिमा मुलुकहरु मुख्यतः अमेरिका र रसिया टक्करको परिणाम युरेपियन देश युक्रेनमा दैनिक बमगोलाबारी बिष्फोट र दन्दनी आगो दन्कीरहेको छ । दुई हप्ता अघिबाट शुरु भएको दुईदेश बिचको युद्ध अब बिस्तारै बिश्वयुद्धमा बदलिने त् होईन भन्ने आशंका बढेर गएको छ । लाग्छ, युक्रेन रुस युद्ध लम्बिदै जाँदा बिश्वयुद्धको खतरा बढ्न सक्छ ।
बिश्व बहुध्रुबमा परिणत भईसकेको अवस्था र जारी रुस युक्रेन युद्ध अनि त्यस्मा पश्भिमा मुलुकहरुको प्रत्यक्ष परोक्ष रुपमा सैनिक तथा हात हतियारको संम्लग्नताले संसार तेश्रोबिश्वयुद्धको भुमरीमा जाने तयारीमा त अघि बढिरहेको छैन भन्ने चिन्ता आम रुपमा पैदा भईरहेको छ । किन बिश्वमा यो अवस्था उत्पन्न भईरहेछ ? सोचनिय बन्दै गईरहेको छ ।
युक्रेन रुस युद्धको पृष्ठभुमिलाई सरसरर्ती केलाउदा मुख्यतः हिजो केही बर्ष अघि युक्रेनले आफ्नो छिमेकी मुलुक रसियालाई चिढाउनेगरी अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनको कार्यक्रम स्विकार गरेको र सो सम्बन्धी बिवादले उग्ररुप लिदै जाँदा दुईदेशबिचको तनाब बढ्दै गई युद्धमा परिणत भएको हो । एकातिर एमसीसी पास गरी पश्चिमी सुरक्षा छातामा गएको युक्रेनको महत्वकांक्षा बढ्दै जानु र अर्कोतिर पश्चिमाहरुको उपस्थिती आफ्नो सिमा सम्मै आउँदा रुसले आफ्नो सुरक्षा खतरा बढेको महशुस गरेको कारण रुस युक्रेन युद्ध बढेको बुझ्न सकिन्छ ।
रसियन मुलका बासिन्दाको बाहुल्यता रहेको युक्रेनमा पश्चिमाहरुको लगानीमा सञ्चालित सडक आन्दोलनले रुससँग निकट राष्ट्रपतिलाई अपदस्त गर्ने खेल र त्यहि सेरोफेरोबाट शुरु भएको एमसीसी सम्बन्धी सम्झौंता को कारण रुस चिढिन पुगी युक्रेनको बर्तमान शासनसत्ता बिरुद्ध धावा बोल्न शुरु गरेको देखिन्छ ।
युक्रेनमा बढदो रुसको दबाबको बिरुद्ध त्याँका शासकहरुलाई अमेरिका र युरेपियन युनियनले उचाल्न शुरु गरे । फलतः रुसले क्रिमीयाका बासिन्दालाई उचाल्दै युक्रेनबाट अलग गराईदियो । युक्रेनी शासकहरुको बेवकुफि र बिदेशीहरुको उक्साहटमा उक्सीने गलत नितीको कारण एकपछी अर्को रुपमा युक्रेन र रुसको बिचमा द्धन्द बढदै गयो ।
युक्रेन अमेरिकाको नेतृत्वमा रहेको सैन्य गठबन्धन नाटोमा समाबेश हुने शासकहरुको गलत नितीको शिकार हुन पुग्यो । आज रुसले आक्रमण गरेको १४ दिन भईसक्दापनि अमेरिका र पश्चिमाहरुले युक्रेनको रक्षाको लागी कुनै योगदान दिन सकेनन् । अमेरिकाको पछीलाग्दा आज युक्रेनी जनताले भोग्नु शास्ती भोग्नु परेको छ । युद्ध अन्य हुने कुनै छनक देखिदैन बरु अझै लम्बिने र बढ्ने देखिन्छ ।
प्रसंग नेपाल तिर जाँउ, देशभर संसद देखि सडकसम्म एमसीसीको ब्यापक बिराधका बावजुद नेपालका संसदबादी दलहरुले संसदबाट एमसीसी पास गरेका छन् । ५५ अर्बको लागी देशलाई युद्धमैदान बन्ने खतरा बढीरहेको छ ।
शुरुदेखि नै विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन अनुमोदन भएपनि यो विषय सडकमा पेचिलो बन्दै गएको छ । यही विवादका कारण देशभित्र त आगो बलेको नै छ र अझै बल्ने छ साथै अब अमेरिका र चिनको बिचमा सिधा वाकयुद्ध पनि भईरहेको छ ।
अर्कोतिर एमसीसी पास गरेपछी बहुलठ्ठी देउवा सरकार रसिया युक्रेनको युद्धमा अमेरिकन पिछलग्गु बन्दै एकोहोरो रसयिाको बिरुद्धमा बक्तब्यबाजी गरिरहेको छ । हाम्रा छिमेकीहरु समेत तटस्थ र भोटिङमा अनुपस्थित रहेको सन्दर्भमा हाम्रा शासकहरु अमेकिन पिछलग्गु बन्नु नाङ्गो दलाली हो । शासकहरुको त्यो नाङ्गो दलालीको क्रृण देशले चुकाउनुपर्ने अवस्था आउन सक्छ । तसर्थ अन्र्तराष्ट्रिय मामिलामा हाम्रा शासकहरुलाई तटस्थ र अंसम्लग्न निती अख्तियार गर्न ब्यापक जनदबाब दिनुपर्ने बेला आईसकेको छ ।
अतः पहिलो र दोश्रो बिश्वयुद्धमा दुबै पक्षमा नलागी स्वतन्त्र भुमिकामा रहि असंम्लग्न परराष्ट्र निती अबलम्बन गरेको नेपालले महाशक्ति राष्ट्रहरुको बहकाउ र उनीहरुको स्वार्थअनुकुल होईन आफ्नै स्वतन्त्र निती अन्र्तगत अघि बढ्नुपर्दछ ।